बैतडी : शनिबार रातिदेखिको अविरल वर्षा संगै पहिरो खस्दा बैतडीको खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको थियो । पाटन नगरपालिका ८ को झौलेक मोड नजिक सडकमाथीबाट खसेको ढुंगाले सडक अबरुद्ध भएको राज मार्ग खुलेको हो ।
झौलेक मोड नजिक अवरुद्ध भएको राज मार्ग सुचारु भएको खोडपे प्रहरी चौकीका इन्चार्ज, प्रहरी सहायक निरिक्षक गणेश बिकले जानकारी दिए । आइतबार दिउँसो ०१:०० बजे सडक माथिबाट ठुलो ढुंगा खसेर अवरुद्ध भएको थियो ।
सडक अबरुद्ध बनेलगत्तै दुई वटा जेसीबी लगाएर ढुंगा फाल्ने प्रयास गरिएको थियो । तर जेसीबीले ढुंगा फाल्न नसकेपछि झोताबाट लोडर मगाइएको र अनि सुचारु भएको छ ।
राजमार्ग अवरुद्ध हुँदा सवारी साधन रोकिएर यात्रुहरु बीचबाटोमै अलपत्र परेका थिए । अवरुद्ध सडक खुलेपछि बाटोमै रोकिएका सवारीसाधन आ–आफ्नो गन्तब्य तर्फ लागेका खोडपे प्रहरी चौकीका इन्चार्ज बिकले बताए ।
प्रतिक्रिया