२०८१ माघ २४ गते बिहिबार
ट्रेन्डिङ

श्रीमान बजार गएको मौका पारी श्रीमतीले पैसा लगेर टाप कसेपछि •••

SansherOnline SansherOnline
शनिबार २३, भदौ २०८० ०८:४८
श्रीमान बजार गएको मौका पारी श्रीमतीले पैसा लगेर टाप कसेपछि •••

बझाङ :बझाङको बित्थडचिर गाउँपालिका -९ धारिका प्रवेश विष्टकी श्रीमती जमुना विष्ट बेपत्ता भएकी छिन् । भारतको ब्याङ्लोरमा श्रीमानसँगै रहेकी उनी सँगै सुतिरहेको ३ वर्षको छोरालाई छोडेर बेपत्ता भएकी हुन् ।

भदौ २० गते प्रवेश रासन किन्न बजार गएको मौका पारी पैसा लगेर टाप कसेकी हुन। उनी कोठामा ताल्चा लगाएर छोरा भित्र सुतेकै अवस्थामा छोडेर गएकी उनका श्रीमान प्रवेशले बताए । 

जमुनाले कोठाबाट ४० हजार नगदसहित लुगा कपडा समेत लगेर गएकी उनले बताए । भारतमा रोजगारी गर्दै आएका प्रवेश श्रीमती र छोरासहित बस्दै आएका थिए ।

प्रतिक्रिया