बैतडी :बैतडीको मेलौली नगरपालिका–३ मा भालुको आक्रमणबाट एक पुरुष गम्भिर घाईते भएका छन् । घाइते हुनेमा मेलौली -३ कुजागाडका ५५ वर्षीय गजबहादुर भाट भालुको आक्रमणबाट गम्भिर घाइते भएका हुन् ।
बुधबार घर नजिकैको जंगलमा गोठलो गएका बेला भाटलाई भालुले आक्रमण गरी गम्भिर घाइते बनाएको वडा अध्यक्ष गगन सिंह भाटले जानकारी दिए । अहिले उनको धनगढीमा उपचार भइरहेको छ । उपचार खर्च सरकारले नै व्यहोर्ने भएकाले प्रक्रियामा आउन डिभिजन वन कार्यालय बैतडीले आग्रह गरेको छ ।
वडा कार्यालयको सिफारिस, प्रहरी मुचुल्का, तस्बिर र उपचारमा लागेको सम्पूर्ण खर्च विवरण सहितको निवेदन पेस गनुपर्ने डिभिजन वन कार्यालय बैतडीका निमित्त प्रमुख दिलिप यादवले जानकारी दिए ।
प्रतिक्रिया