२०८१ माघ २४ गते बिहिबार
ट्रेन्डिङ

बैतडीमा मनाइयो निजामती सेवा दिवस,जिल्ला प्रशासनको सम्मान भट्टलाई

SansherOnline SansherOnline
शुक्रबार २२, भदौ २०८० ०५:२०
बैतडीमा मनाइयो निजामती सेवा दिवस,जिल्ला प्रशासनको सम्मान भट्टलाई

बैतडी :बिहीबार र शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरि बैतडीमामा २० औँ निजामती सेवा दिवस मनाइएको छ । निजामती सेवा समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी को संयोजकत्वमा गठित मूल समितले बिहीबार कार्यलयहरुमा सरसफाई र वृक्षारोपण गरेको थियो । बिहीबार कार्यालयहरुमा सरसफाई र वृक्षारोपण गर्दै निजामती सेवा दिवसको सुरुवात गरिएको थियो । 

बिहीवार जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाई र स्वास्थ्य कार्यालय बैतडीको प्रांगणमा वृक्षारोपण गरिएको थियो । यस्तै कर्मचारी मिलन केन्द्र बैतडीको सयोगमा जिल्लास्थित बिरेन्द्र माविमा रहेको अनाथालयका विद्यार्थीहरूलाई २० थान टावेल र शैक्षिक सामग्री हस्तान्त्रण गरिएको थियो । यस्तै बिहीवारनै सरसफाइ डिभिजन कार्यालय बैतडीको परिसरमा सरसफाइ सहित वृक्षारोपण गरिएको थियो ।

अनि शुक्रबार बिहान र्‍याली निकालीको थियो । आजनै जिल्ला प्रशासन कार्यालय  बैतडीमा हाजिरीजवाफ प्रतियोगिता गरिएको  हो । जिल्ला स्थित विभिन्न कार्यालयमा  कार्यरत कर्मचारीहरु सम्मेलित  नौ ओटा  समूह बनाएर  हाजिरीजवाफ प्रतियोगिता गरिएको प्रशासन कार्यालय  बैतडीका सूचना अधिकारी  शंकर बहादुर  बोहराले  बताए । सो प्रतियोगितामा  पत्तालभुमेश्वर समूह प्रथम भएको  छ ।  यस्तै महाकाली समूह द्धितिय, ग्वालेक तृतिय र  निङ्गालशैनी समूहले  चौथो स्थान प्राप्त गरेको  हो ।

हाजिरीजवाफ प्रतियोगिता प्रथमलाई  ५ हजार १ सय सहित प्रमाणपत्र, द्धितियलाई ३ हजार  १सय सहित प्रमाणपत्र , तृतियलाई २ हजार  १ सय सहित प्रमाणपत्र  र सान्तोवना पुरस्कार  १ हजार  एक सय सहित प्रमाणपत्र प्रदान गरिएको सूचना अधिकारी बोहराले बताए ।

सुदूरपश्चिमका १७ जना कर्मचारी पुरस्कृत भया पनि बैतडीबाट कुनै पनि कर्मचारी  पुरस्कृत नभएका जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी बोहराले बताए ।  यता जिल्ला प्रशासनले भने कार्यालयमा उत्कृष्ट काम गर्ने  एक जना कर्मचारीलाई सम्मान गरेको छ । कम्प्युटर अपरेटर सुरेन्द्र देब भट्टलाई  प्रशासनले नगद पाँच हजार सहित  सम्मान गरेको सूचना अधिकारी बोहराले  बताए ।

२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाउने गरिएको छ ।   

 

 

 

प्रतिक्रिया