बैतडी : बैतडीमा चितुवाको आक्रमणबाट घाइते किशोरीको धनगढीमा उपचार भैरहेको छ। जिल्लाको पञ्चेश्वर गाउपालिका–३ बगरेठी मेलडुङरीकी १७ वर्षीया पुजा लोहारलाई थप उपचारका लागि डडेल्धुराबाट धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
पुजालाई बिहीवार मध्यान्ह साढे १२ बजेतिर घर नजिकै तालिगाडरोल बनमा घाँस काटिरहेका बेला चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमण पछि घाइते किशोरीलाई उद्धार गरेर मेलौलि स्थित केशपुर प्राथमिक स्वास्थ्यकेन्द्रमा पुर्याएर सामान्य उपचार पछि डडेल्धुरा रेफर गरिएको थियो । टाउकोमा रगत जमेको र हड्डीमा पनि चोट पुगेकाले थप उपचारका लागि धनगढी रेफर गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले बताए।
प्रतिक्रिया