२०८२ बैशाख ०७ गते आइतबार
ट्रेन्डिङ

दोगडाकेदारमा गौरा हेर्न गएकाबेला घरबाट सुन र नगद चोरी

SansherOnline SansherOnline
बिहिबार २१, भदौ २०८० ०२:४८
दोगडाकेदारमा गौरा हेर्न गएकाबेला घरबाट सुन र नगद चोरी

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ; ६ पन्ज्युनयाँका नारायणसिंह कार्कीको घरबाट २ तोला सुनको गलोबन्द र नगद २० हजार चोरी भएको छ । 

गएराति घरका मान्छे सबै गौरामा गएका बेला झ्याल फुटालेर चोरी भएको बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।  चोरी गएराति भएपनि प्रहरीलाई आज मात्रै खबर भएकोले चोरी गर्ने व्यक्तीको पहिचान हुन सकेको छैन्। 

चोरी गर्ने व्यक्तीको खोजी र घटनाबारे थप अनुसन्धान भैरहेको  जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रतिक्रिया