२०८१ माघ २४ गते बिहिबार
ट्रेन्डिङ

बैतडीमा सि.एम.ए. सङ्गठित : अध्यक्षमा दशरथ,सरकार बिरुद्ध आन्दोलन गर्न

SansherOnline SansherOnline
बुधबार २०, भदौ २०८० ०८:१५
बैतडीमा सि.एम.ए. सङ्गठित : अध्यक्षमा दशरथ,सरकार बिरुद्ध आन्दोलन गर्न

बैतडी : बैतडीमा नेपाल सि.एम.ए. संघको जिल्ला कार्य समिति चयन गरिएको छ । आज पाटनमा सम्पन्न  अधिवेशबाट दशरथ सिंह चाडको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति गठन गरिएको हो ।

चाडको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको छ । उपाध्यक्षमा कपिल भट्ट, सचिवमा उत्तम सार्की, कोषाध्यक्षमा करनदत्त ओझा, सहसचिवममा महेश महरा चयन भएका छन् । यसैगरी ३ जना केन्द्रिय प्रतिनिधि पनि चुनिएका छन् । राजेन्द्र प्रशाद भट्ट, तेज बहादुर साउँद र गोविन्त प्रशाद भट्ट केन्द्रिय प्रतिनिधि चुनिएका हुन् । महिला प्रतिनिधी पछि थप गरिने छ । 

भेलामा सहभागी मेडिकल तथा ओषधि पसल सञ्चालकहरुले आफ्नो अधिकारका लागि सरकार बिरुद्ध आन्दोलन गर्न सम्बन्धी छलफल भएको छ ।

औषधि पसल, किल्नीक र मेडिकलहरुप्रति सरकारी पक्षबाट अराजकता प्रती घोर आपत्ती जनाउदै संघ गठन भएको नेपाल सिएमए संघका केन्द्रीय कोषाध्यक्ष दिर्घराज अधिकारीको भनाई छ ।

 

प्रतिक्रिया