बैतडी : बैतडीको पाटन नगरपालिकाले भाद्र २१ गते विदा दिएको छ । गौरा पर्वको अवसरमा नगरपालिकाले भाद्र २१ गते एक दिन मात्रै विदा दिएको हो ।
शुभकामना सन्देश सहित जारी गरिएको सूचनामा पाटन नगरपालिकाका वडा कार्यालयहरु, नगरपालिकामा रहेको अन्य सरकारी तथा गैह्र सरकारी कार्यालयहरु, शैक्षिक संस्थाहरुमा स्थानीय विदा दिएको जानकारी गराइएको छ ।
यस वर्ष तीथि विवादका कारण सुदूरुपश्चिममा दुई गौरा भएका छन् । केहि ठाउँमा ७ गते गौरा मनाइएको छ भने केहि ठाउँमा २१ गते मनाउने तयारी भइरहेको छ ।
प्रतिक्रिया