बैतडी :गौरा पर्वको अवसरमा बैतडीको खोड्पेमा देउडा प्रतियोगिता हुने भएको छ । यहि भदौ २६ गतेदेखि २८ गतेसम्म खोड्पे बजारमा संयुक्त महिला पुरुष देउडा प्रतियोगिता हुने भएको हो ।
पाटन नगरपालिका वडा नं ८ खोड्पे बजार व्यवस्थापन समिति, सिद्धेश्वर खोड्पे खानेपानी तथा सरसफाई उपभोक्ता समिति र राम मन्दिर व्यवस्थापन समितिको आयोजना प्रतियोगिता हुन लागेको आयोजक समितिका सदस्य मोहन सिंह बिष्टले जानकारी दिए । देउडाको संरक्षण, संवर्द्धन, प्रवर्द्धनका साथै स्थानीय कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले देउडा प्रतियोगिता राखिएको उनले बताए ।
प्रतियोगितामा उचित पुरस्कारको समेत व्यवस्था गरिएको छ । प्रतियोगितामा प्रथम हुनेलाई १० हजार नगदसहित प्रमाणपत्र, द्वितियलाई ७ हजार नगदसहित प्रमाणपत्र, तृतीयलाई ५ हजार नगदसहित प्रमाणपत्र र सान्त्वना पुरस्कार २ हजार नगदसहित प्रमाण प्रदान गरिने बताइएको छ ।
प्रतियोगितामा सहभागिताका लागि भदौ २६ गते बिहान ७ बजेसम्म नाम दर्ता गराउनु पर्ने छ । देउडियाहरुले फोनबाट समेत नाम दर्ता गराउन सक्ने छन् ।
प्रतिक्रिया