बैतडी : बैतडीको डिलाशैनी गाउँपालिकाले भदौ २१ गते गौरा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ ।
भदौ ७ गते गौरा पर्व नमनाएका ठाउँमा भदौ २१ गते गौरा मनाउन लागिएकाले २१ गते पालिकाभरीका सबै सरकारी, गैरसरकारी निकाय, शिक्षण संस्था लगायत बन्द रहने गाउँपालिकाले मंगलबार जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
भदौ २१ गते गौरापर्वको मुख्य दिन गौराष्टमी अर्थात अठ्यावाली परेकाले बिदा दिएको गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया