बैतडी : दशरथचन्द नगरपालिकाको देहीमाण्डौं स्वास्थ्यचौकी नगरपालिकामै उत्कृष्ट भएको छ । नगरपालिका अन्तर्गतका १७ ओटा स्वास्थ्य संस्थामध्ये देहीमाण्डौं स्वास्थ्यचौकी कार्यसम्पादनका आधारमा उत्कृष्ट भएको हो ।
स्वास्थ्य चौकीकी इञ्चार्ज निर्मला पन्तले स्वास्थ्यचौकीले प्रदान गरिरहेको सेवाका आधारमा नगरपालिकाले उत्कृष्ट भएको बताइन् ।स्वास्थ्य संस्थाको व्यवस्थापनको जिम्मेवारी सम्हालेका सूर्यबहादुर बोहराले आगामी दिनमा स्वास्थ्य चौकीलाई अझ राम्रो बनाउने बताए ।
स्वास्थयचौकीलाई नगर प्रमूख पुस्कर राज जोशी (लख्खाभाई)ले सम्मानसहित पुरस्कृत गरेका छन् ।
प्रतिक्रिया