बैतडी :बैतडीको सुर्नया गाउँपालिकाले भदौ २१ र २२ गते गौरा विदा दिएको छ । पालिकाले गौरा पर्वको अवसरमा बिदा दिएको हो ।
पालिकामा बसेको कार्यपालिका बैठकले गौरा पर्वको अवसरमा भदौ २१ र २२ गते बिदा दिने निर्णय गरेको अध्यक्ष अम्मर बहादुर कुँवरले जानकारी दिए । भदौ ७ गते गौरा नमनाएका ठाउँमा गौरा पर्व शुरु भएको छ । भदौ २१ गते गौराको मुख्यदिन गौराष्टमी अर्थात अठ्यावाली परेको छ ।
सोहि अवसरमा पालिकाले बिदा दिएको हो । २१ र २२ गते पालिका भित्रका सबै कार्यालय एवं संस्था बन्द रहने सूचनामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया