बैतडी : नेपाल निजामती कर्मचारी युनियन स्थापना दिवसको अवसरमा मंगलबार जिल्ला अस्पताल बैतडीका बिरामीहरुलाई फलफूल वितरण गरिएको छ ।
कर्मचारी युनियन स्थापना दिवसको अवसर पारेर बिरामीहरुलाई फलफूल वितरण गरिएको नेपाली कांग्रेस बैतडीका सहसचिव दिपेन्द्रबहादुर चन्दले बताए ।
यस्तै लुगा पनि वितरण गरिएको छ विरेन्द्र मावि शाहीलेकमा अध्ययनरत २० जना अनाथ बालबालिकाहरुलाई एक÷एक जोर लुगा वितरण गरिएको चन्दले बताए ।
कार्यक्रममा दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्द, नेपाल निजामति कर्मचारी युनियनका केन्द्रीय सदस्य डम्मरसिंह थापा,नेपाल निजामति कर्मचारी युनियन बैतडीका अध्यक्ष नैनसिंह कार्की ,दशरथचन्द नगरपालिका वडा नं ५ का वडा अध्यक्ष केशवराज लेखक, वडा नं ६ का वडा अध्यक्ष महेन्द्रसिंह कार्की लगायतको सहभागिता रहेको थियो ।
नेपाल निजामति कर्मचारी युनियनले आज देशैभरी स्थापना दिवस मनाएको सहसचिव चन्दले बताए ।
प्रतिक्रिया