बैतडी : बैतडीमा सोमबार देखि विद्युत सेवा बन्द भएको छ। विद्युत सेवा बन्द हुँदा उपभोक्ता समस्यामा छन्। जिल्लाका सबै ठाउँमा विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ।
सोमबार दिउँसो पानी र हावाहुरीले विद्युत लाइनमा क्षति पुर्याएकाले विद्युत सेवा अवरुद्ध भएको हो । तर कुन ठाउँमा क्षति भएको हो एकीन हुन भने बाँकी रहेको छ।
आज दिउँसो सम्म विद्युत सेवा सुचारु हुन सक्ने नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टले बताए ।
प्रतिक्रिया