बैतडी : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टको गृह जिल्ला बैतडीमा आज भव्य स्वागत गरिएको छ । मन्त्री भएपछि पहिलो पटक बैतडी आउनु भएका मन्त्री भट्टको खोडपे र पाटनमा मन्त्री भट्टलाई स्वागत गरिएको हो ।
चार दिने भ्रमण कार्यक्रमसहित गृह जिल्ला पुगेका मन्त्री भट्टलाई स्वागत गरिएको नेपाली कांग्रेस बैतडीका कार्यबाहक सभापति बिरबहादुर बिष्टले बताए ।
मन्त्री भट्ट भोलि मणिलेक मावि काँडा मेलौलीको बार्षिकोत्सव कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको छ । बुधबार मन्त्री भट्टले नेपाली कांग्रेसका नेताकार्यकर्ताहरुसंग भेटघाट गर्नुका साथै सरकारी कार्यालयका प्रमुखहरुसंग छलफल र आवश्यक निर्देशन दिने कार्यतालिका रहेको कार्यबाहक सभापति बिष्टले बताए ।
नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्यमा निर्वाचित भट्ट गएको साउन १७ गते आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएका थिए । भदौ २२ गते धनगढी फर्कने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया