२०८१ माघ २४ गते बिहिबार
ट्रेन्डिङ

कञ्चनपुरको शुक्लाफाँटाले एसिया कपमा शतक प्रहार गर्नेलाई एक लाख रुपैयाँ

SansherOnline SansherOnline
सोमबार १८, भदौ २०८० ०३:५०
कञ्चनपुरको शुक्लाफाँटाले एसिया कपमा शतक प्रहार गर्नेलाई एक लाख रुपैयाँ

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आज एसिया कप क्रिकेट प्रतियोगितामा शतक प्रहार गर्ने र चार विकेट लिने खेलाडीलाई एक/एक लाखसहित सम्मान गर्ने निर्णय गरेको छ ।

शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराले राष्ट्रिय क्रिकेट टिमको उच्च सम्मान र हौसला बढाउन नगर प्रमुखस्तरीय निर्णयअनुसार रकमसहित सम्मान गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

प्रतियोगिता अन्तर्गत आज नेपालले भारतको सामना गर्दैछ । खेल आज दिउँसो श्रीलङ्काको पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो ।

प्रतिक्रिया