२०८१ माघ २४ गते बिहिबार
ट्रेन्डिङ

सुदूरपश्चिमका कानुनमन्त्री भट्ट ,४ दिन गृह जिल्ला भ्रमणमा २० गते सदरमुकाम आउँदै

SansherOnline SansherOnline
सोमबार १८, भदौ २०८० ०१:१७
सुदूरपश्चिमका कानुनमन्त्री भट्ट ,४ दिन गृह जिल्ला भ्रमणमा २० गते सदरमुकाम आउँदै

बैतडी : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्ट बैतडी आउने भएका छन् ।उनी मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला आउन लागेका भट्ट ४ दिन बैतडीको भ्रमणमा रहने उनको निजी सचिवालयले जनाएको छ । 

मन्त्री भट्ट आज साँझ पाटन पुग्ने र भोलि मणिलेक मावि काँडा मेलौलीको बार्षिकोत्सव कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको मन्त्री भट्टका स्वकीय सचिव चक्रप्रसाद शर्माले बताए । 

मन्त्री भट्टले भदौ २० गते जिल्ला प्रशासन कार्यालय बैतडीमा भेटघाटका साथै कार्यालय प्रमुखहरुसंग छलफल र निर्देशन दिने कार्यतालिका रहेको छ । यस्तै भदौ २१ गते भेटघाट कार्यक्रम गरेर भदौ २२ गते मन्त्री भट्ट धनगढी फर्कने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया