बैतडी : बैतडीको पाटन नगरपालिकाले नगरपालिका क्षेत्रभित्रका पसलहरुको अनुमगन गरेको छ । उपभोक्तालाई गुणस्तरीय सामग्री उपलब्ध गराउन अनुगमन गर्न थालिएको अनुगम समिति संयोजक तथा नगर उपप्रमुख कमल सिह बोहरा अपीले बताए ।
उपप्रमुख तथा अनुगमन समिति संयोजक बोहराको नेतृत्वमा बजारमा ४ टिम बनाएर प्रहरी, डाक्टर र नगरपालिका कर्मचारीले औषधी पसल, पोलिकिल्नी, एग्रोभेट लागयतका पसलहरुको अनुगमन गरिएको नगरपालिकाले जनाएको छ ।
अनुगमनका क्रममा म्याद (समय) नाघेका तथा अखाद्य वस्तुहरु बरामत गरी नष्ट गरेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख सरोज ठकुराठीले बताए । मसला हजमोला, चिउरा, किटनाशक आौषधि भुजा लगायतका समाग्री बरामत गरी नष्ट गरेको ठकुराठीले बताए ।
प्रतिक्रिया