२०८१ माघ २४ गते बिहिबार
ट्रेन्डिङ

हरियाली धनगढी अभियानलाई,सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिको आर्थिक सहयोग

SansherOnline SansherOnline
आइतबार १७, भदौ २०८० ०६:०९
हरियाली धनगढी अभियानलाई,सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिको आर्थिक सहयोग

धनगढी-समीर मल्ल : हरित धनगढी अभियानमा विभिन्न संघसंस्था र व्यक्तिहरू जोडिन थालेका छन्। सुन्दर र हरियालीयुक्त धनगढी बनाउने उद्देश्यसहित धनगढी उपमहानगरपालिकाले सुरु गरेको अभियानमा सर्वसाधारण र संघ संस्थाले आर्थिक सहयोग गर्न थालेका हुन्।

हरियाली बढाउने र धनगढीलाई पर्यावरणमैत्री बनाउने उद्देश्यका साथ कैलाली भन्सारदेखि गेटासम्मको ६ लेन सडकको दुवैतर्फ वृक्षरोपण गर्न जनसहभागिता जुट्न थालेको हो।

सुरु भएको अभियानमा आज  सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले धनगढी उपमहानगरपालिकामा पुगी सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले १ लाख आर्थिक सहयोग गरेको छ। 

धनगढी उपमहानगरपालिकाले संचालन गरिएको "हरियालिमय धनगढ़ी" अभियानलाई एक्यवद्धता जनाउँदै उप-प्रमुखको कार्यकक्षमै पुगी सो रकम हस्तान्तरण गरिएको हो । 

समाजका तर्फ़ बाट अध्यक्ष शेर बहादुर रावत, संरक्षक धन बहादुर बलायर, दक्षिण कोरियाका पूर्व अध्यक्ष धर्मराज जोशी, कुवेत पूर्व अध्यक्ष अमर खड्का एवं मलेसिया पूर्व अध्यक्ष समीर मल्ल्को उपस्थिती रहेको थियो । 

यस्तै उक्त समारोहमा स्थानीयसरकारका तर्फ़बाट नगर उप-प्रमुख कन्दकला कुमारी राना प्रशासन अधिकृत रामलाल श्रेष्ठ सहित कर्मचारी एवं पत्रकारहरूको उपस्थिति रहेको समाजका अध्यक्ष शेर ब राउतले जानकारी दिनुभयो। 

सहयोग बारे नगर उप-प्रमुख रानाले सुदूरपश्चिमेली नेपाली समाजले गरेको सो सहयोग बारे प्रशंसा गर्दै हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ । 

प्रतिक्रिया