२०८१ माघ २४ गते बिहिबार
ट्रेन्डिङ

पाटनका हाकिम शर्मा ३ महिनामै सरुवा

SansherOnline SansherOnline
आइतबार १७, भदौ २०८० ०४:१३
पाटनका हाकिम शर्मा ३ महिनामै सरुवा

बैतडी : बैतडीको पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा सरुवा हुनु भएको छ । जेठ १० गते हाजिर भएका शर्मा ३ महिनामै सरुवा हुनु भएको हो । संघीय मामिला तथा सामान्य मन्त्रालयले उनलाई अर्घाखाचीको शितगंगा नगरपालिकामा सरुवा गरेको हो ।  

आर्थिक वर्ष सकिनै लाग्दा हाजिर भएका उपसचिवस्तरका शर्माले पाटनको बसाई छोटो भएपनि प्रशासनिक क्षेत्रमा सक्दो काम गरेको बताएका छन् । आर्थिक वर्षको अन्त्यमा हाजिर भएर बजेट कार्यान्वनय देखि शुसासनको क्षेत्रमा सके अनुसारको काम गरेको शर्माको भनाइ छ । शर्माको रमाना हुन बाकी छ । 

यसअघि पनि पाटन नगरपालिकामा उपसचिव ओमप्रशाद पाण्डेको एक महिनामै सरुवा भएको थियो । त्यसअघि  लक्ष्मी प्रशाद भट्टलाई पनि छोटो समयमा नै सरुवा गरिएको थियो ।  

प्रतिक्रिया