२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

डिलाशैनीमा विद्यालय गएका शिक्षक १३ दिनदेखि बेपत्ता, खोजीका लागि प्रहरी परिचालन

SansherOnline SansherOnline
आइतबार १७, भदौ २०८० ०१:२०
डिलाशैनीमा विद्यालय गएका शिक्षक १३ दिनदेखि बेपत्ता, खोजीका लागि प्रहरी परिचालन

बैतडी : विद्यालय गएका बैतडीका एक शिक्षक १३ दिनदेखि बेपत्ता छन् । जिल्लाको डिलाशैनी गाउँपालिका–२ गोगनी घर भएका ५२ वर्षीय शिक्षक जयबहादुर बोहरा भदौ ५ गतेदेखि बेपत्ता भएका हुन् ।

स्थानीय लटीनाथ आधारभूत विद्यालय अमरखेतमा कार्यरत शिक्षक बोहरा भदौ ५ गतेदेखि बेपत्ता रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो ।

भदौ ५ गते विद्यालय हिँडेका बोहरा घर नफर्केका र लगाएको चप्पल स्थानीय गन्नीगाडमा नजिकै फेला परेको छ ।

‘बेपत्ता शिक्षकको अवस्था अज्ञात छ, खोजीका लागि प्रहरी परिचालन भएको छ, पत्ता लाग्न सकेको छैन,’ प्रहरी निरीक्षक केसीले भन्नुभयो ।

प्रतिक्रिया