२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

पाटन १ डैसिलीको कैलाश आधारभुत विद्यालय लाई मावि बनाउन प्रस्ताव

SansherOnline SansherOnline
शनिबार १६, भदौ २०८० ०३:०१
पाटन  १ डैसिलीको कैलाश आधारभुत विद्यालय लाई मावि बनाउन प्रस्ताव

बैतडी : बैतडीको पाटन नगरवालिका वडा नम्बर १ मा रहेको श्री कैलाश आधारभुत विधालय लाई आधारभूत तह बाट मावि बनाउन प्रस्ताव गरिएको छ । 

स्थानीयले एक कार्यक्रममा पाटन नगरपालिकालाई माविको अनुमती दिनु पर्ने माग राखेको छन् । नगरपालिका नगरउप प्रमुख कमल सिह बोहरा अपी, वडा अध्यक्ष तथा कार्यपालिका सदस्य तर्कसिह ठगुन्ना उपस्थीत कार्यक्रममा त्यहाँ नागरिकले मावि सञ्चालन गर्न माग राखेको स्थानीय
दलसिह ठगुन्नाले बताए ।

कक्षा १२ सम्म अध्यायन गर्न यहाँका बिद्यार्थीले तीन घण्टा लामो पैदलधुरीमा रहेको शिद्धश्वर मावि मेल्चौरा जानु पर्ने बाध्यता भएकाले छिटै कक्षा ९ बाट सुरु गर्नु पर्ने माग राखेको शिक्षक लाल सिह भण्डारीले बताए ।

जगंल तथा खोलाको बाटो स साना बालबालिकाहरुलाई शिक्षा हासिल गर्नु आउन जान समस्या रहेको बिद्यार्थी प्रशात बोहराले बताए । वडा अध्यक्ष तथा व्यवस्थापन समिति अध्यक्ष ठगुन्नाले माविको प्रक्रिया आगामी शैक्षिक सत्रबाट सुरु गर्न बताए । 

नगर उप प्रमुख बोहराले आगामी शैक्षिक सत्रबाट कक्षा ९ मा पढाई हुने गरि मावि सञ्चालनको लागि पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे । २०४५ सालमा स्थापना भएको बिद्यालय अहिले १ देखी ८ सम्म पढाई भइरहेको छ । १ सय ९७ बिद्यार्थी अध्यायरत रहेको प्रधानाध्यापक गगनसिह बोहराले बताए ।

प्रतिक्रिया