कञ्चनपुर: कञ्चनपुुरमा ७० वर्षीया वृद्धामाथि बलात्कार गर्न खोज्ने युवक पक्राउ परेका छन्। जबरजस्ती करणी उद्योग गरेको अभियोगमा दोधाराचाँदनी नगरपालिका–७ बस्ने ३२ वर्षीय गणेश सुनारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सुनारले वृद्धालाई भदौ १४ गते राति घरमा सुतेको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दोधाराको टोलीले पक्राउ गरेको हो । उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया