२०८१ माघ २४ गते बिहिबार
ट्रेन्डिङ

जिप्रका बैतडीका डीएसपी शाहीको सरुवा,अब को आउँदैछन् ?

SansherOnline SansherOnline
शनिबार १६, भदौ २०८० ११:२९
जिप्रका बैतडीका डीएसपी शाहीको सरुवा,अब को आउँदैछन् ?

 बैतडी : नेपाल प्रहरी प्रधान कार्यालयले एक सय २० जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले सरुवाको निर्णयसहित नामावली प्रकाशन गरेको हो। 

जसमा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीको पनि नाम छ उनको लागु औषध नियन्त्रण ब्युरो, मानव श्रोत व्यवस्थापन शाखा काठमाण्डौंमा सरुवा भएको हो।

उनको स्थानमा प्रहरी प्रमुखको रुपमा डिएसपी दिपक गिरी बैतडी आउने भएका छन् । जिल्ला प्रहरी कार्यालय मुगुमा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत गिरीलाई बैतडी प्रहरी प्रमुखको रुपमा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया