२०८१ माघ २४ गते बिहिबार
ट्रेन्डिङ

लैंगिक हिंसा निवारण कोष परिचालनका बिषयमा छलफल

SansherOnline SansherOnline
शुक्रबार १५, भदौ २०८० ०७:५१
लैंगिक हिंसा निवारण कोष परिचालनका बिषयमा छलफल

बैतडी : लैंगिक हिंसा निवारण कोष परिचालनका बिषयमा छलफल भएको छ । लैंगिक हिंसा निवारण कोषलाई प्रभावकारी बनाउने बिषयमा सरोकारवालाहरुबीच अन्तरक्रिया गरिएको हो । 

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) र भिएसओको सहयोगमा पीसवीनले सञ्चालन गरिरहेको लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना अन्तर्गत सरोकारवालाहरुसंग छलफल गरिएको हो । दशरथचन्द नगरपालिकाको सभाकक्षमा भएको छलफलमा उपप्रमुख कौशिला चन्दको अध्यक्षता एवं नगर प्रमुख पुष्करराज जोशीको प्रमुख आतिथ्यतामा भएको छलफलमा वडा अध्यक्ष लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो । 

छलफलमा दशरथचन्द नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख लिला कुँवरले दशरथचन्द नगरपालिकामा लैंगिक हिंसा निवारण कोषको अवस्थाका बारेमा जानकारी दिएकी थिइन् । कोषबाट अहिले सम्म तीनजनालाई सहयोग गरिसकिएको उनले बताइन् ।

लैंगिक हिंसा निवारण कोषबाट हिंसा प्रभावितहरुलाई सहयोग गर्नका लागि अपनाउन सकिने सबै उपायका बारेमा अन्तरक्रियामा छलफल भएको पीसवीनका कार्यक्रम संयोजक माधव भट्टले बताए । 

छलफल कार्यक्रममा बोल्दै दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले लैंगिक हिंसा निवारण कोषलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्नका लागि आफूले सक्दो पहल गर्ने बताइन् । सरोकारवालाहरुबाट प्राप्त सुझावका आधारमा आगामी दिनमा कोषलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्ने उनले बताइन् ।  

लैंगिक हिंसा निवारण कोषलाई प्रभावकारी बनाउन यसको बिषयमा सबैलाई जानकारी हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

 

प्रतिक्रिया