बैतडी : बालीनालीमा क्षति पुर्याएको भए राहतका लागि निवेदन दिन डिभिजन वन कार्यालय बैतडीले आग्रह गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै वन्यजन्तुहरुले बालीनालीमा क्षति पुर्याएको भए निवेदन दिन आग्रह गरेको हो ।
वन्यजन्तुबाट हुने क्षति राहत निर्देशिका २०८० अनुसार बालीनालीमा क्षति भएमा राहत दिने व्यवस्था रहेकाले किसानहरुलाई निवेदन दिन आग्रह गरेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले जानकारी दिए । वडा कार्यालयको प्रतिनिधि, प्रहरी प्रतिनिधि र वन कर्मचारीसहितको संयुक्त टोलीले स्थलगत निरीक्षण गरेको मुचुल्का र क्षति भएको ठाउँ देखिने प्रष्ट फोटोसहित कागजात पेश गर्न सूचनामा उल्लेख गरिएको छ ।
बालीनालीमा क्षति पुर्याएको भएमा बढीमा १० हजार राहत दिने व्यवस्था रहेको डिभिजन वन कार्यालयका प्रमुख कँडेलले बताए । जंगली बँदेल, बाँदर लगायतका जंगलीकै कारण कतिपय ठाउँमा किसानहरुले खेत बाँझै राखेका छन् ।
प्रतिक्रिया