२०८१ माघ २४ गते बिहिबार
ट्रेन्डिङ

वर्षाले पनि रोकिएन गाँजरीको देउडा खेल

SansherOnline SansherOnline
बिहिबार १४, भदौ २०८० ०५:०५
वर्षाले पनि रोकिएन गाँजरीको देउडा खेल

बैतडी : सुदूरपश्चिम  प्रदेशको प्रसिद्ध गौरा पर्व वर्षा भइरहँदा पनि चम्किएको छ। सिगास गाउँपालिका वडा नं.०२ स्थित गाँजरी बजारमा महिला र पुरुषको देउडा खेल चलिरहेका छन्।घरी ठुलो घरी सानो पानी परिरहँदा पनि देउडा खेल्ने र हेर्न दर्शकको कमी भएको छैन।  

आज पूजा आराधना सकेर देउडा खेलमा महिला ,पुरुषहरू रमाइरहेका छन्।  भदौ ४ गतेदेखि शुरु भएको गौरापर्वको समापन आज गरिने भएको छ । 

गौराको उत्पत्ति, महेश्वरसँगको विवाह लगायतका प्रसङ्ग व्रतालु महिलाले फागमार्फत नै भन्ने गरेका छन्। व्रतालु महिलाहरूले गौराको पूजा गरिसकेपछि मुख्य प्रसादको रूपमा रहेको बिरुँडाले आफ्ना श्रीमान्, छोराछोरी र आफन्तजनको चिरायु दीर्घायुको कामना गर्दै टाउको पुज्ने चलन छ।

पुरुषहरूले ठाँडोखेल, ढिस्को धमारी लगायतका ऐतिहासिक संस्कृतिमा आधारित खेलहरू खेल्ने गर्दछन्। महिलाले आफ्नो अटल सौभाग्य समृद्धि सन्तान र परिवारमा सुख शान्तिका लागि व्रत बसी पूजाआजा गर्ने गर्छन्। 

अधिकांश क्षेत्रमा  भदौ ४ गतेदेखि गौरा सुरु भइसकेको छ भने केही स्थानमा भदौ १८ गतेदेखि गौरा मनाउने तयारी भइरहेको छ। नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने गत पुस २५ गते नै भदौ ७ गते गौरा पर्व मनाउने गरेर स्वीकृति दिएको थियो। 

प्रतिक्रिया