बैतडी : मंगलबार साँझ सर्पको टोकाइबाट बैतडीको पञ्चेश्वर गाउँपालिका–१ शेरीकी ५५ वर्षीया पार्वती घटालको मृत्यु भयो ।
साँझ ७ बजेको समयमा उनलाई आफ्नै घरमा सर्पले टोकेको थियो । उनको राति एक बजेको समयमा मृत्यु भएको हो । सर्पले टोकेपछि बैद्य बोलाएर उनलाई झरफुक गरिएको थियो । केही आराम जस्तो भए पनि राति उनको मृत्यु भयो ।
अस्पताल टाढा
बैतडी जिल्ला अस्पतालमा सर्पदशं उपचार केन्द्र छ । तर उपचारकेन्द्र नपुग्दै सर्पले टोकेका बिरामीको मृत्यु हुने गरेको छ ।
मृतक घटालको घरबाट सदरमुकामस्थित गोठालापानीमा रहेको सर्पदशं उपचारकेन्द्र जान एक दिन नै लाग्छ । सडकमा पुग्न ३÷४ घण्टा पैदल हिँड्नु पर्छ । सडक पुगेपनि कुनै समयमा सवारी साधन समेत पाइँदैनन् । हिँडेर समयमै अस्पताल पुग्न सकिने कुरा भएन् ।
अस्पताल टाढा हुनुकै कारणले ग्रामिण भेगमा सर्पदशंका बिरामीहरुले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था रहेको मृतक घटालका आफन्त गोरखसिंह घटालले बताए ।
उनले भने, “यता स्वास्थ्य चौकि जानै ३÷४ घण्टा लाग्छ । यहाँ त उपचार छैन् । सदरमुकाम जान गाडी पाइँदैन् । अस्पताल नजिक नहुँदा अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता छ ।’’
अहिलेपनि बैद्यकै भर
अहिले पनि ग्रामीणभेगका वासीन्दा पुरानो रुढिबादी परम्परा नै अप्नाउने गरेका छन् । सामान्य बिरामी भए पनि धामी–झाँक्रिकोमा गएर झारफुक गर्ने गर्छन् । नजिक अस्पताल नहुनुले पनि धामि–झाँक्रिसंग झारफुक गरिमाग्ने गरेको ग्रामिणभेगका बासीन्दा बताउँछन् ।
मृतक घटाललाई पनि अस्पताल टाढा हुँदा बैद्यबाटै झारफुक गरिएको थियो । तर अकालमै उनले ज्यान गुमाउनुपर्यो ।
पछिल्लो एक महिनामा सर्पको टोकाइबाट पञ्चेश्वरमा मात्रै दुई जनाको मृत्यु भएको छ ।
गत साउन २३ गते मात्रै सर्पले टोकेर पञ्चेश्वर ४ कि १६ वर्षिया अनिता चन्दको मृत्यु भएको थियो । उनको पनि अस्पताल लग्न टाढा हुँदा उपचार नपाइकनै मृत्यु भएको हो ।
बर्षात तथा बर्खायामको समयमा ग्रामिण भेगमा सर्पको विगविगि बढ्ने गरेको छ । नजिक अस्पताल नहुँदा ग्रामिण भेगकका बासीन्दाले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता रहेको छ ।
जिल्ला अस्पताल बैतडीमा सर्पदंशको उपचार हुने भएपनि जिल्लाका ग्रामिण भेगबाट अस्पताल टाढा हुँदा सर्पले टोकेका बिरामीहरु अकालमै ज्यान गुमाउन बाध्य भएका छन् ।
सर्पले टोकीहालेमा वैद्य कहाँ जाने प्रचलनले जटीलता निम्त्याएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
पञ्चेश्वरमामात्रै सर्पको टोकाइबाट यो बर्ष तीन जनाको ज्यान गईसकेको छ ।
प्रतिक्रिया