काठमाण्डाै : एसिया कप क्रिकेटमा भारतसँग खेल्नका लागि नेपाली टाेली श्रीलङ्का पुगेकाे छ ।
नेपाली टाेली पाकिस्तानबाट आज बिहीवार दिउँसाे श्रीलङ्का पुगेकाे हाे । नेपाल र भारतबीच आउँदाे साेमवार खेल हुँदैछ । याे समूह 'ए' काे अन्तिम खेल हाे ।
यसअघि हिजाे बुधवार उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको थियाे । पाकिस्तानले दिएकाे ३ सय ४३ रनकाे विशाल लक्ष्य पछ्याएकाे नेपाल १ सय ४ रनमै अलआउट भयाे ।
तस्बिर साैजन्य : श्रीलङ्का क्रिकेट
प्रतिक्रिया