बैतडी : बैतडीको पाटन नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष धनवहादुर कुँवरले सामाजिक संञ्जाल फेसबुकको माध्यमबाट ब्राह््रमण जाती, देवताका धामी र नेता जनप्रतिनिधीलाई आच पुर्याउने शब्द फिर्ता लिएका छन । यस वर्ष गौराको विवाद भइरहेकाबेला कुँवरले भैसिया बाहुन, ठेउके धामी र भुरे नेता भनेर सामाजिक संञ्जालमा लेखेका थिए ।
पाटन नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष एवम कार्यपालिका सदस्य समेत रहेका वडा अध्यक्ष कुँवरले ‘गौरा मनाउने चलनमा बिखन्डन ल्याएकोले सो बारेमा लेखेको र कुनै ज्वतिस तथा कुल देवताका धामी संग ब्यक्त गरेको होईन, यो शब्दले मान्यजनमा कुनै चोट परेको भए उहाका लागि फिर्ता लिन्छु,’ सामाजिक सञ्जालमा लेखेका छन् ।
सामाजिक संञ्जालमा राखेको शब्द फिर्ता लिएको प्रती वडा अध्यक्ष कुँवर लाई ब्राहण समुदायले धन्वाद व्यक्त्त गरेका छन ।
प्रतिक्रिया