२०८१ माघ २४ गते बिहिबार
ट्रेन्डिङ

पञ्चेश्वरमा भान्सामै सर्पले डस्दा महिलाको मृत्यु

SansherOnline SansherOnline
बुधबार १३, भदौ २०८० १०:५२
पञ्चेश्वरमा भान्सामै सर्पले डस्दा महिलाको मृत्यु

बैतडी : सर्पले डस्दा पञ्चेश्वर गाउँपालिका वडा नम्बर १ सेरी गाउँकी एक महिलाको मृत्यु भएको छ। मंगलबार राती साडे ७ बजेको समयमा खाना बनाउने क्रममा भान्साकोठामै सर्पले ५५ वर्षीया पार्वती घटाललाई टोकेको पञ्चेश्वर स्वास्थ्य चौकीका इन्चार्ज सुरेश सार्कीले जानकारी दिए ।

 सर्पले टोकेर घाइते भएकी घटाललाई झारफुक गर्न बैद्यलाई बोलाइएको थियो । तर झारफुक गरेपछि केहि समय निको भएको महसुस भएको र राती १२ बजेको समयमा मृत्यु भएको स्थानीय एवं स्वास्थ्य स्वयमसेविका पानमती घटालले बताइन् । 

प्रतिक्रिया