२०८२ बैशाख ०७ गते आइतबार
ट्रेन्डिङ

राप्रपा बैतडीले बुझायो ज्ञापन पत्र,गौहत्यामा संलग्नलाई कारवाहीको माग

SansherOnline SansherOnline
मङ्गलबार १२, भदौ २०८० ०८:२४
राप्रपा बैतडीले बुझायो ज्ञापन पत्र,गौहत्यामा संलग्नलाई कारवाहीको माग

बैतडी : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीले गौहत्यामा संलग्नलाई कानुनी कारवाहीको माग गर्दै ज्ञापन पत्र बुझाएको छ । आज मंगलबार  प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको राप्रपा बैतडीका अध्यक्ष इन्द्रदेवशरण भट्टले बताए ।  

सामाजिक सञ्जालमा गाईगोरु काटेर मासु खाएको भिडियो राखेर सामाजिक सद्भाव बिगार्नेहरुलाई कारवाहीको माग गर्दै राप्रपा बैतडीले ज्ञापन पत्र बुझाइएको हो । 

ज्ञापन पत्रमा बहुसंख्यक हिन्दु रहेको देशमा सनातनी संस्कार मान्दै आएका ओमकार परिवारलाई खुला चुनौती दिने, हिन्दूको मन्दिरसंगै चर्च बनाउनेहरुले सामाजिक सदभाव बिगारेको भन्दै कारवाहीको माग गरिएको छ । हिन्दु धर्मावलम्बीहरुले शान्तपूर्ण रुपमा गर्न लागेको विशाल जनसभामा सरकारले रोक लगाउनुले पनि हिन्दु धर्मप्रति सरकारको रवैया रहेको पुष्टि भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । 

कानुनको विपरीत गौहत्यमा संलग्नहरुलाई कारवाही गरी सनातन संस्कृति मान्दै आएका सनातनी ओमकार परिवारको आस्थाको सम्मान गर्न र सामाजिक शान्ति कायम गर्नुपर्ने राप्रपा बैतडीले माग समेत गरेको छ ।  

प्रतिक्रिया