नेपाल त्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द एसिया कप क्रिकेटका लागि आज पाकिस्तान जाने भएका छन् । पाकिस्तान क्रिकेट बोर्डको निमन्त्रणामा भोलिदेखि सुरुहुन लागेको एसिया कपका लागि पाकिस्तान जान लागेका हुन् ।
एसिया कप अन्तर्गत भोलि बुधबार मुल्तानमा नेपाल र पाकिस्तानबीच खेल हुँदै छ । आज विहान ११ः२० को कतार एयरवेजको फ्लाइटमार्फत दोहा हुँदै पाकिस्तानको मुल्तानमा उत्रने अध्यक्ष चन्दले जानकारी दिए ।
पाकिस्तानसँगको खेलपछि नेपाली टिम उतैबाट श्रीलंका जाने छ । श्रीलंकमा नेपालले भारतसँग प्रतिस्पर्धा नर्गे छ ।अध्यक्ष चन्द पनि उतैबाट श्रीलंका गएर भारतविरुद्धको खेल पनि हेर्ने छन् ।
पहिलो पटक एसिया कप खेल्न लागेको नेपालले पाकिस्तान र भारतसँग खेल्न लागेकाले ऐतिहासिक महत्व रहेको छ ।
पाकिस्तान र श्रीलंकामा रहँदा नेपाल क्रिकेट विकासका विषयमा त्यहाँका पदाधिकारीसँग छलफल हुने क्यान अध्यक्ष चन्दले जानकारी दिए ।
प्रतिक्रिया