२०८१ माघ २४ गते बिहिबार
ट्रेन्डिङ

प्रद्यानाध्यापक गणेशको निधन,दोगडाकेदारका विद्यालयहरुमा शोक बिदा

SansherOnline SansherOnline
मङ्गलबार १२, भदौ २०८० ०९:४६
प्रद्यानाध्यापक गणेशको निधन,दोगडाकेदारका विद्यालयहरुमा शोक बिदा

बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिकाका विद्यालयहरुमा एकदिनका लागि गाउँपालिकाभरका  शोकविदा दिने निर्णय गरेको छ । दोगडाकेदार गाउँपालिका–६ सित्तडस्थित भगवती माविका प्रधानाध्यापक गणेशसिंह भण्डारीको दुःखद निधनप्रति शोक मनाउँदै मङ्गलबार शोकविदाको घोषणा गरेको हो ।

गाउँपालिका अध्यक्ष चक्र बहादुर कार्कीद्वारा जारी शोक विज्ञप्तीमार्फत गाउँपालिकाभरका सम्पूर्ण सामुदायिक विद्यालयलाई शोकविदा दिन आह्वान गरिएको छ । शिक्षा क्षेत्रमा पुर्याएको योगदानलाई सधैं सम्मान र स्मरण गर्ने उल्लेख गरिएको छ । 

लामो समयदेखि शिक्षण पेशामा रहेका भण्डारीको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै सोमबार मृत्यु भएको बताइएको छ ।

प्रधानाध्यापक भण्डारीको निधनले बैतडीको शिक्षा क्षेत्रमा अपुरणीय क्षति पुगेको शिक्षा क्षेत्रका जानकाहरुले बताएका छन् । पछिल्लो समयमा भगवती माविमा प्रधानाध्यापकको रुपमा कार्यरत भण्डारीले लामो समय प्रशिक्षकको रुपमा समेत काम गरेका थिए । 

प्रतिक्रिया