आज मिति २०८० भदौ १२ गते मंगलबार, ई.सं. २९ अगष्ट, २०२३ । तिथि- श्रावण शुक्लपक्ष त्रयोदशी, नक्षत्र- श्रवण, योग- शोभन, करण- तैतिल, चन्द्रराशि- मकर, सूर्योदय ५ः४१ सूर्यास्तः १८ः२७ ।
मेष : आफन्त तथा अग्रज व्यक्तित्वहरूसँग विवाद सिर्जना हुनेछ ।
वृष : चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पु¥याउनेछ ।
मिथुन : प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुन सक्छ ।
कर्कट : अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ ।
सिंह : मान-सम्मान तथा प्रतिष्ठामा कमीको महसुस हुनेछ ।
कन्या : दीगो फाइदा हुने काममा जग बसाउने मौका छ ।
तुला : आँटेको काम तत्काल बन्ने समय छ ।
वृश्चिक : जोखिमपूर्ण काम र यात्रामा सावधानी अपनाउनुपर्नेछ ।
धनु : स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महसुस हुनेछ ।
मकर : आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ ।
कुम्भ : माया प्रेममा सामान्य मनमुटाब हुने र विछाडिनुपर्ने बाध्यता आउनेछ ।
मीन : रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ ।
प्रतिक्रिया