बैतडी : दशरथचन्दका दुईजना युवाको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका ५ पल्लाचौंडालीका ४४ बर्षीय नवराज लेखक घरको कोठामा विद्युतको तार जडान गर्दा करेन्ट लागेका नवराजको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए ।शनिबार साँझ करेन्ट लागेका नवराजको हिजो नै मृत्यु भएको उनले बताए ।
सोही वडाको आइत बस्ने ४३ बर्षीय केशव लेखक लक्ष्मण भनिने पनि शनिबार गौराको चैतोल हेर्न गएकोमा आइतबार बिहान मृत फेला परेका हुन् । वडा नं ५ कार्यालय तलतिर उनी मृत अवस्थामा फेला परेका प्रहरी निरीक्षक केसीले बताए । उनको लडेर मृत्यु भएको बताइएको छ ।
उनीहरु कहिले नफर्कने गरेर बिलाएपछि गाउँ नै शोकमग्न बनेको हो ।
प्रतिक्रिया