२०८१ माघ २४ गते बिहिबार
ट्रेन्डिङ

सिगासका एक जनाको भारतमा सर्पको टोकाइबाट मृत्यु

SansherOnline SansherOnline
आइतबार १०, भदौ २०८० १२:४२
सिगासका एक जनाको भारतमा सर्पको टोकाइबाट मृत्यु

बैतडी :बैतडीको सिगास गाउँपालिका घर भएका एक पुरुषको भारतको दिल्लीमा निधन भएको छ । जिल्लाको सिगास गाउँपालिका -६ थलाकाँडा (ठुलसैनी) घर भएका पदम सिह धामीको रोजगारीको शिलशिलामा भारतको दिल्लीमा निधन भएको हो ।

विगत ३ वर्ष देखि कामको शिलशिलामा भारतको दिल्लीमा रहेका अन्दाजी ४३ वर्षीय पदम सिह धामीको सर्पको टोकाइबाट निधन भएको त्यहा स्थित सिगास – ६ का स्थानिय दीपेन्द्र धामीले जानकारी दिनुभएको छ । सुतिरहेको बेला एक्कासी सर्पको टोकाइबाट बाट ज्यान गएको उहाँले बताउनुभयो ।

धामीलाई सर्पले टोकेपछि दिल्लीको एक अस्पतालमा उपचारका लागि पुर्याएको र त्यहाँ उपचार सम्भव नभएपछि अर्को अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ ।

सिगास –६ स्थित निलपाल आधारभूत विद्यालयका पूर्व शिक्षक समेत रहेका धामीको भारतमै मृत्यु भएपछि अहिले गाउँ शोकमा डुबेको छ । विगत ४÷५ बर्ष यतादेखि धामी भारतको दिल्लीमा काम गर्दै आएका थिए ।

प्रतिक्रिया