२०८१ माघ २४ गते बिहिबार
ट्रेन्डिङ

गौरा पर्वका अवसरमा आज र भोलि बिदा

SansherOnline SansherOnline
बिहिबार ०७, भदौ २०८० १२:११
गौरा पर्वका अवसरमा आज र भोलि बिदा

बैतडी : सुदूरपश्चिम प्रदेशमा भदौ ७ र ८ गते सार्वजनिक बिदा दिइएको छ । गौरा पर्वका अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

गौरा पर्व सुदूरपश्चिमको पहाडी समुदायले मनाउने सबैभन्दा लोकप्रिय पर्व हो । गौरा शुक्ल पञ्चमीका दिन ५ प्रकारका गेडागुडी भिजाएर तामाको भाँडोमा राखेसँगै विधिवत् रूपमा सुरु हुन्छ ।

पौराणिक कालमा हिमालय पुत्री गौरीले कठोर व्रत बसेर भगवान शिवलाई पतिका रूपमा पाएको धार्मिक मान्यता रहेको छ । सो जनविश्वास अनुसार गौरा पर्वमा महिलाहरू सौभाग्य प्राप्तिका लागि निराहार व्रत बस्ने प्रचलन रहिआएको छ ।

प्रतिक्रिया