बैतडी : आगामी असोज ६ देखि २३ गतेसम्म चीनको हन्जाउ प्रान्तमा हुने १९ औँ एसियाली खेलकुद (एसियाड)मा सहभागी हुने भलिबलका पुरुष र महिला दुबै टिममा सुदूरपश्चिमको वर्चश्व रहेको छ । एसियाडमा सहभागी हुने पुरुष टिममा सुदूरपश्चिमका ६ खेलाडी रहेका छन् । त्यस्तै, महिला टिममा सुदूरपश्चिमका ५ खेलाडी र प्रशिष रहेका छन् । दुबै टिममा कूल १२–१२ जना खेलाडी समावेश छन् ।
नेपाली पुरुष टिममा सहभागीमध्ये रबिन चन्दर विनोद चन्द बैतडीका हुन् । बझाङका हेमन्त मल्ल र विशालबहादुर विक पनि टिममा रहेका छन् । त्यस्तै, पुरुष भलिवल टिममा कञ्चनपुरका लोकेन्द्र गिरी र डडेल्धुराका टेकराज अवस्थी पनि छन् ।
एसियाड खेल्ने महिला भलिवल टिममा सुदूरपश्चिमका ५ जिल्लाका ५ खेलाडी सहभागी छन् । बैतडीकी पुनम चन्द, डडेल्धुराकी कविता भट्ट र दार्चुलाकी निरुता ठगुन्ना एसियाड खेल्ने नेपाली महिला भलिबल टिमका खेलाडी हुन् । त्यस्तै, कैलालीकी सरस्वती चौधरी र डोटीकी जानकी भण्डारी पनि महिला टिममा रहेका छन् । दुबै टिमको प्रशिक्षणमा खटिएका भए पनि कञ्चनपुरका जगदिश भट्ट महिला टिमका प्रमुख प्रशिक्षक हुन् ।
प्रतिक्रिया