बैतडी : बैतडीका ५ गाउँपालिका नयाँ हाकिम आउँने भएका छन् । जिल्लाको सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, डिलासैनी गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने भएका हुन ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सिगास गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समुह) मा कार्यरत रहनुभएका शाखा अधिकृत कृष्णप्रसाद घिमिरे, शिवनाथ गाउँपालिकामा शाखा अधिकृत सुशिलकुमार साह, पञ्चेश्वर गाउँपालिकामा शाखा अधिकृत उज्ज्वल आनन्द, डिलासैनी गाउँपालिकामा शाखा अधिकृत रंजय पटेल र दोगडाकेदार गाउँपालिकामा शाखा अधिकृत गजेन्द्रप्रसाद थारू लाइ हाकिमको जिम्मेवारीमा खटाएको हो ।
प्रतिक्रिया