बैतडी : सिगाँस गाउँपालिकाका धेरै स्थानहरूमा बिकास निर्माणका योजनाहरु लथालिङ्ग अवस्थामा रहेका छन । उपभोक्ता समितिले गरेका कामलाई अनुगमनमा कडाइ बिनानै पालिकाबाट भुत्त,ानी गरिदा काम लथालिङ्ग अवस्थामा छन ।
सिगाँस गाउँपालिका–२ को गाँजरीमा रहेको धुरा खानेपानी योजना मर्मतको काम लथालिङ्ग रहेको छ्र । वडाको बिकासे बजेट बाट ८ लाख ५७ हजार र प्रधानमन्त्री स्वरोजगारको रकम बाट ५ लाख रकम छुट्याइ १३ लाख ५७ हजार रकममा उक्त योजनाको काम सम्पन्न गरिएको थियो । तर, योजना सम्पन्न भएपनि धारामा पानी भने आउदैन । स्थानीयलाई खानेपानीको समस्या छन ।
पुरानो खानेपानीको एक हजार मिटर पाइप लाइन मर्मत गरेको बहानाबाजी गरेको योजना समितिले तीन वटा नयाँ धारा र केही च्याम्बर मात्रै निर्माण गरि साखा लाइनको लागि पाँच हजार मिटर पाइप खरिद गरेको पाइएको छ्र । उक्त पाइप आफु नजिकका केहि ब्यक्तिहरु लाई मात्रै दिएर पाइप समेत समितिले ब्यक्तिगत प्रयोजनका लागि राखेको स्थानीयहरुको गुनासो छ ।
यसैगरी प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको पाँच लाख रकमका योजना समितिले प्रति मिटरका दरले पाईप लाईन खोदाई गरि बाँकी रकम हिनामिना गरेको प्रष्ट देखिएको स्थानीयको गुनासो छ। प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत कामदारले तीन महिना काम गरे बराबरको पाउनुपर्ने ज्याला नपाएको कामदारको गुनासो छ ।
खानेपानीको काम योजना समितिले सन्तोषजनक गरेका छैनन्। यस बिषयमा मैले कुरा उठाउदा मलाई नै समितिका अध्यक्षहरु कुटपिट गर्न आउछन । वडा अध्यक्ष, ठगेन्द्र ऐरले भने, गाउँपालिकालाई यस बिषयमा जानकारी गराइसकेको थिए। उपभोक्ता समितिको खाता समेत बन्द गर्न लगाएको थिए। तर गाउँपालिकाले मलाई हुन्छ भन्यो । न खातानै बन्द ग¥यो, न त केहि जानकारीनै ग¥यो । खानेपानी मात्रै नभई वडा नं. २ का अन्य योजनाहरुमा समेत उपभोक्ता समितिले सन्तोषजनक काम उगरेको उनले बताए ।
यस योजनाको अनुगमनमा मेरै नेतृत्वको टोली आएको थियो । मैले अनुगमनकै क्रममा उक्त योजनाको इष्टिमेट परिवर्तन गर्न लगाएको थिए। गाउँपालिका उपाध्यक्ष धाना धामीले भने, १३ लाखको रकममा पाइप खरिद र खोदान मात्रै राखिएको थियो । मैले केही पानी वितरक च्याम्बर र धाराहरु थप्न लगाएकी थिए। पुराना धाराहरुमा पानी पुगाउनु पर्ने र साखा लाइनको खोदान गर्न मात्रै पाइप वितरण गर्नुपर्ने भनिएको भएता पनि योजना समितिले त्यस्तो काम गरेको देखिएन। नत धारामा पानीनै चड्छ, नत पुराना धारामा पानीनै पुग्यो। मैले यस बिषयमा गाउँपालिकाको रोजगार शाखा र हाकिम संग समेत यो खाता बन्द गराउनु पर्ने जानकारी गराएको थिए। तैपनि खाता बन्द गरिएन। यो सबै कार्यकारी समितिको कमजोरी भएको उनले बताईन ।
प्रतिक्रिया