२०८१ माघ २४ गते बिहिबार
ट्रेन्डिङ

जनप्रतिनिधिको खिचातानीले पञ्चेश्वरमा रहेको नबिलबैंक अलमलमा

SansherOnline SansherOnline
मङ्गलबार ०५, भदौ २०८० ०६:२०
जनप्रतिनिधिको खिचातानीले पञ्चेश्वरमा रहेको नबिलबैंक अलमलमा

 

बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिकाका जनप्रतिनिधिहरुको खिचातानीले गर्दा गाउँपालिकामा सेवा दिइरहेको नोबेल बैंक कार्यालय राख्ने ठाउँको लागि अलमलमा परेको छ । 

स्थाप्नाको समयदेखि बैंक गाउँपालिकाको ३ नम्बरको कुलाउँ बजारमा रहेको छ । गाउँपालिकाको केन्द्र भने वडा नं ४ को आम्चौरामा छ । वडा नं. ५ र ६ का जनतालाई भने कुलाउँमा रहेको बैंक भगौलिक हिसावले टाढानै हो । 

अहिले गाउँकार्यपालिका बाट बैंकलाई गाउँपालिकाको आम्चौरामा सार्ने भनेर गाउँकार्यपालिकाले निर्णय गरेर नोबेल बैंक केन्द्रिय कार्यालयलाई पत्राचार गरेपछि केन्द्रिय कार्यालयले कुलाउँमा रहेको शाखा कार्यालयलाई कार्यालय व्यवस्थापनको लागि पत्र पठाएपछि जनप्रतिनिधि हरुमा खटपट सुरु भएको छ । 

आम्चौरामा बैंकको लागि पुर्वाधार र सुरक्षा लगायतको सुविधा हेर्न भनी केन्द्रिय कार्यालय बाट पत्र आएको छ । त्यसको लागि ठाउँहेरी कार्य अगाढि बढाउँदा वडा नं एक, दुई र तिनका वडा अध्यक्षहरुले सयुक्त रुपमा विज्ञप्ती निकाले पछि ठाउँसारीको कार्य अगाढि नबढेको नोबेल बैंक शाखा कार्यालय पञ्चेश्वरका शाखा प्रवन्धक श्यामराज बडुले बताउनु भयो ।

बैंक गाउँपालिकाको केन्द्र आम्चौरामा सारिए पनि ५ र ६ नम्बरको वडाका जनतालाई कुनै फाईदा नहुने भएकाले आफुहरुले बैंक भन्दा पनि ५ र ६ को विचमा शाखा काउन्टरको माग गरेको वडा नं. ६ का वडा अध्यक्ष राम सिह पुजराले बताउनु भयो । उनले भन्नु भयो “बैंक कुलाउँमा ठिकै छ हामिलाई शाखा काउन्टर भएपनि सहज हुन्छ कुलाउँबाट आम्चौरा बैंक सारेमा झन विवाद हुन्छ” । 

५ र ६ नम्बर वडाको लागि शाखा काउन्टर भए वडा नं १ देखि ४ सम्मको मध्येभाग कुलाउँ नै हो । निर्वाचनको समयमा गाउँपालिका अध्यक्ष उपाध्यक्षले गाउँगाउँमा गएर ५ र ६ नम्बर वडाको लागि शाखा काउन्टर स्थाप्ना गर्छौ भनेर भोट मागेको र अहिले सम्म शाखा काउन्टर नखोल्दा जनता आफुहरुलाई समेत गालि गरिरहेका अध्यक्ष पुजराले बताउनु भयो ।

गाउँपालिकाको कार्यालय नजिक हुने भएकाले बैंकको लागि आम्चौरा उपयुक्त ठाउँ भएपनि भगौलिक दृष्टिकोणले भने उपयुक्त मानिदैन । गाउँकार्यपालिकाले बैंक शाखा सार्ने कुनै निर्णय र छलफल नभएकोले यसमा आफुहरुको आपत्ति रहेको भनी बीर बहादुर चन्द, मिन बहादुर चन्द र देवान राम सार्की तिनै वडा अध्यक्षले सयुक्त रुपमा विज्ञप्ती निकालेका छन् ।

कार्यपालिकामा बैंक सार्ने निर्णय भएको र आफु विदामा भएको समयमा जिम्मेवारी दिएको कर्मचारीले बैंक सार्ने निर्णय सहितको निवेदन बैंकको केन्द्रिय कार्यालयमा पठाएको पञ्चेश्वर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत कृष्ण बहादुर बोहराले बताउनु भयो ।

 

प्रतिक्रिया