२०८१ माघ २४ गते बिहिबार
ट्रेन्डिङ

कांग्रेसको ‘बिशेष आन्तरिक अभियान’ : बैतडीका स्थानीय तहमा प्रतिनिधि खटायो

SansherOnline SansherOnline
सोमबार २९, साउन २०८० ०९:५५
कांग्रेसको ‘बिशेष आन्तरिक अभियान’ : बैतडीका स्थानीय तहमा प्रतिनिधि खटायो

बैतडी : नेपाली कांग्रेस बैतडीले ‘बिशेष आन्तरिक अभियान’का लागि जिल्लाका १० ओटै स्थानीय तहमा प्रतिनिधि खटाएको छ । अभियानलाई सफल पार्नका लागि जिल्ला कार्यसमितिले १० ओटै स्थानीय तहमा प्रतिनिधि खटाएको नेपाली कांग्रेस बैतडीका सहसचिव दिपेन्द्र बहादुर चन्दले बताए ।

अभियानका लागि सिगास गाउँपालिकामा टेक विश्वकर्मा र कृष्ण धामीलाई खटाइएको छ । पञ्चेश्वर गाउँपालिकामा जिल्ला कार्यसमिति सदस्य बिन्दु चन्द र पूर्व जिल्ला कार्यसमिति सदस्य रमेश भण्डारीलाई खटाइएको छ । शिवनाथ गाउँपालिकामा सहसचिव दशरथ चाड र जिल्ला सदस्य राजेन्द्र कलौनी, मेलौली नगरपालिकामा जिल्ला सदस्य राजेन्द्र कार्की र श्रवण ठगुन्ना, पाटन नगरपालिकामा जिल्ला कोषाध्यक्ष चक्रबहादुर चन्द र नेता विष्णुदत्त जोशी लाइ खटाइएको छ ।

यस्तै सुर्नया गाउँपालिकामा सहसचिव दिपेन्द्रबहादुर चन्द र जिल्ला सदस्य चन्द्र सिंह ऐरी, पुर्चौंडी नगरपालिकामा जिल्ला सदस्य धिरेन्द्र बहादुर बम र अमर बहादुुर धानुक, डिलाशैनी गाउँपालिकामा जिल्ला सदस्य भगीरथ बोहरा र कर्ण राना, दोगडाकेदार गाउँपालिकामा तरुण दलका केन्द्रीय सदस्य घनश्याम भट्ट र जिल्ला सदस्य नरबहादुर बिष्ट र दशरथचन्द नगरपालिकामा जिल्ला सदस्य महेन्द्रसिंह कार्की र रमेश बोहरालाई खटाइएको छ ।

यस्तै प्रदेश सभा क्षेत्र नं १ का लागि कार्यबाहक सभापति बिरबहादुर बिष्ट र प्रदेश सभा क्षेत्र नं २ का लागि जिल्ला सहसचिव दिपेन्द्र बहादुर चन्दलाई खटाइएको नेपाली कांग्रेस बैतडीले जनाएको छ । पार्टीको बिशेष आन्तरिक अभियान सञ्चालनका लागि उपसभापति बिरबहादुर बिष्टलाई कार्यबाहक सभापतिको जिम्मेवारी तोकिएको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताए ।

यही साउन ३२ गते सम्म सञ्चालन हुने अभियान अन्तर्गत पार्टीको आन्तरिक गतिविधि, विधान अनुसार संरचनाको अवस्था, टोल समितिको गठनको अवस्था र सेवा दल गठन गर्ने कार्य प्रारम्भ हुने सहसचिव चन्दले बताए । पार्टीको आन्तरिक जीवनलाई बलियो बनाउन अभियान सञ्चालन गरिएको उनले बताए । १० ओटै स्थानीय तहमा खटिएका प्रतिनिधिहरुले जिल्ला कार्यसमितिलाई प्रतिवेदन बुझाउनेछन् ।

बैतडीमा बिशेष आन्तरिक अभियानका लागि पार्टीका नेता एवं प्रदेशसभा सदस्य बहादुरसिंह थापालाई केन्द्रीय प्रतिनिधिको रुपमा खटाइएको छ ।

प्रतिक्रिया