राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।
परीक्षाफल प्रकाशनका लागि अन्तिम तयारी भई रहेको बोर्डका सहसचिव एवं प्रवक्ता गङ्गाबहादुर अर्यालले बताए ।
उनले आजै परीक्षाफल प्रकाशन हुनसक्ने सम्भावना भने न्यून रहेको बताएका छन् । बोर्डले साउन भित्रमै परीक्षाफल प्रकाशन गरी सक्ने प्रतिबद्धता जनाएको छ ।
नेपाल टेलिकमले आइभिआर, एसएमएस, युएसएसडी र वेबसाइट मार्फत परीक्षाफल प्राप्त गर्न सकिने बोर्डले जनाएको छ ।
यसरी हेर्न सकिन्छ परीक्षाफल ;
प्रतिक्रिया