२०८१ माघ २४ गते बिहिबार
ट्रेन्डिङ

दार्चुलामा करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

SansherOnline SansherOnline
सोमबार २९, साउन २०८० ०१:१६
दार्चुलामा करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

दार्चुला : करणी मुद्दाका फरार प्रतिवादी दार्चुलाका करन समाल पक्राउ परेका छन् । दार्चुला प्रहरीले करणी मुद्दाका १ प्रतिवादीलाई २ वर्षपछि पक्राउ गरेको हो ।

उच्च अदालत महेन्द्रनगरले २०७८ साल पुसमा २ वर्ष कैद तोकेका २५ वर्षीय करनलाई सदरमुकाम खलंगाबाटै पक्राउ गरिएको हो ।

दुँहु गाउँपालिका–२ का २५ वर्षीय करनलाई आइतवार दिउँसो गस्ती टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

करनलाई कैद भुक्तानका लागि जिल्ला अदालतमा पेश गरिएको छ ।

प्रतिक्रिया