२०८१ माघ २४ गते बिहिबार
ट्रेन्डिङ

पहिरोले अवरुद्ध दशरथचन्द र जयपृथ्वी राजमार्ग पुनःसञ्चालन

SansherOnline SansherOnline
सोमबार २९, साउन २०८० ०१:०२
पहिरोले अवरुद्ध  दशरथचन्द र जयपृथ्वी राजमार्ग पुनःसञ्चालन

बैतडी : पहिरोका कारण अवरुद्ध भएको  जयपृथ्वी र दशरथ राजमार्ग पुनःसञ्चालनमा आएका छन् । गए राति खसेको पहिरोले जयपृथ्वी राजमार्गको झौलेक र श्रीभावर तथा दशरथचन्द राजमार्गको सतबाँझ नजिक अवरुद्ध भएको थियो । 

सडक माथिबाट खसेको तीनवटै स्थानको पहिरो पन्छाएपछि राजमार्ग सञ्चालन भएका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । राजमार्ग सञ्चालन भएसँगै रोकिएका सवारीसाधन र यात्रु आ आफ्नो गन्तव्यतर्फ लागेका  छन् । लगातारको  वर्षाका कारण यहाँको जनजीवन प्रभावितसमेत भएको छ ।  

प्रतिक्रिया