बैतडी : हिजो आइतबार देखि परिरहेको बैतडीको सिगास गाउँपालिकामा भिषण वर्षासँगैको हावाहुरीले मकै बालीमा व्यापक क्षती पुयाएको छ । गाउँपालिका अन्तर्गतका बिभिन्न ठाउँहरुमा मकै बालीमा व्यापक क्षती पुर्याएको किसानहरुले बताएका छन् ।
सिगास गाउँपालिका – १ देखि ९ वडा सम्म हावाहुरीले मकै बालीमा व्यापक रूपमा क्षेती पुर्याएको किसानले बताएका छन् । हिजो आइतबार देखि परिरहेको अविरल वर्षा सँगैको हावाहुरीले मकै बालीमा व्यापक रूपमा क्षेती पुर्याएको सिगास ६ का किसान राम साउले बताए ।
पाक्नै लागेको मकै बालीमा क्षेती पुर्याएको सिगास – ४ का स्थानीय धन बहादुर धामीले बताउनुभयो । उहाँले भन्नुभयो “केही समयपछि पाक्नै लागेको मकै थियो त्यो हावाहुरीले भाँचेको छ । अव परिवार कसरी पाल्ने चिन्ता लागेको छ ।
समग्रमा सिगासका सबैजसो वडा हावाहुरीले मकै बालीमा आंशिक देखि पूर्ण रुपमा क्षती पुगेको किसानहरुले बताएका छन् ।
सिगास गाउँपालिकाका प्राय: सबै ठाउँमा मकै खेती गरिन्छ । मुख्य पेशा गहुँ, मकै र धान मात्र गर्ने यहाँका किसानहरूलाइ वर्ष दिन सम्म खान पुग्दैन । क्षणिक रुपमा कसै कसै किसानको परिवारमा वर्ष दिन खान पुगेपनि अधिकांश किसानले बजारबाट खाद्यान्न किनेर खानुपर्ने वाध्यता रहेको छ ।
यसैविच अझै केही दिन वर्षाको सम्भावना रहेकाले आम सिगासबासी नागरिकलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । । वर्षाका कारण नदीको जल सतह बढ्ने, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन सिगास गाउँपालिकाका विपद् सहायक हरि सिहं साउदले आग्रह गरेका छन् ।
प्रतिक्रिया