बैतडी : बर्षाका कारण खसेको पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तर्गत बैतडीको झौलेक र श्रीभावरमा गएराति पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।
पहिरो पन्छ्याउनका लागि पहिरो खसेको ठाउँमा डोजर पुगिसकेको प्रहरी निरीक्षक जोशीले बताए । पहिरो पन्छ्याउने काम भइरहेकाले सडक सुचारु हुने उनले बताए ।
प्रतिक्रिया