२०८१ माघ २४ गते बिहिबार
ट्रेन्डिङ

बैतडीमा ३ वर्षमा १ हजार ७ सयले गराए सुरक्षित गर्भपतन

SansherOnline SansherOnline
आइतबार २८, साउन २०८० ११:५०
बैतडीमा ३ वर्षमा १ हजार ७ सयले गराए सुरक्षित गर्भपतन

बैतडी : बैतडीमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ । गएको तीन वर्षमा यहाँ एकहजार सातसय २९ जनाले सुरक्षित गर्भपतन गराएका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो ।

आर्थिक वर्ष २०७७÷७८ मा बैतडीमा ५६५ जनाले सुरक्षित गर्भपतन गराएका थिए भने आर्थिक बर्ष ७८÷७९ मा ५५० जनाले सुरक्षित गर्भपतन गराएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

यस्तै गत आर्थिक बर्ष २०७९÷८० मा यो संख्या बढेर सुरक्षित गर्भपतन गराउनेको संख्या ६१४ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।अनिच्छित गर्भ बसेपछि पतन गराउनेको संख्या बढ्दै गएको हो ।

जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा उपलब्ध भएपछि सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको बताइएको छ । यद्यपिअनिच्छत गर्भधारण रोक्न नसक्दा गर्भपतन गराउनेको संख्या बढ्दै गएको हो ।

स्वास्थ्य संस्थाहरुमा सुरक्षित रुपमा गर्भपतन गराउनेहरुको तथ्यांक भएपनि अवैध रुपमा गर्भपतन गराउनेको संख्या पनि धेरै हुन सक्ने अनुमान गरिएको छ । आफूखुसी औषधिको सेवन गरेर गर्भपतन गराउने परीपाटी रहेकाले यसको स्वास्थ्यमा जोखिम बढाउँदै लैजाने स्वास्थ्य कार्यालयका प्रमुख भट्टले बताउनुभयो ।

उहाँले भन्नुभयो,“सुरक्षित गर्भपतन सेवा भएपनि आफूखुसी औषधिको सेवन गर्नाले जोखिम बढाएको छ ।
यसको रोकथाम तथा नियन्त्रणका लागि बेलाबेला अनुगमन गर्ने गरिएको छ।

प्रतिक्रिया