२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

शहीद दशरथचन्द स्मृति प्रतिष्ठानको २९ औं साधारण सभा सम्पन्न ,अध्यक्षमा फेरि चन्द

SansherOnline SansherOnline
आइतबार २८, साउन २०८० ११:१५
शहीद दशरथचन्द स्मृति प्रतिष्ठानको २९ औं साधारण सभा सम्पन्न ,अध्यक्षमा फेरि चन्द

बैतडी  : शहीद दशरथचन्द स्मृति प्रतिष्ठान बैतडीको  २९ औं साधारण सभा हिजो शनिबार  सम्पन्न भएको छ । साधारण सभाले अध्यक्षमा फेरि विनोदबहादुर चन्द चयन भएका छन् । 

प्रतिष्ठानको उपाध्यक्षमा दुर्गादत्त जोशी, सचिवमा तेजबहादुर चन्द, कोषाध्यक्षमा बिष्ना चन्द र सहसचिवमा कैलाश महर चयन भएका छन् । यस्तै सदस्यहरुमा ईश्वर चन्द, नरेन्द्रबहादुर चन्द, नन्दा भट्ट,अञ्जु चन्द, जयदेव जोशी, रमेश भट्ट, महेश जोशी र घनश्याम लेखकलाई चयन गरिएको छ । 

प्रतिष्ठानको नयाँ कार्यसमितिले एम्बुलेन्स सेवा फेरि सञ्चालन गर्ने निर्णय गरेको छ भने प्रतिष्ठानलाई सरकारी प्रतिष्ठान बनाउनेतर्फ यो क्षेत्रका प्रतिनिधिहरुको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । यस्तै प्रतिष्ठानले आगामी दिनमा स्वास्थ्य शिविर समेत सञ्चालन गर्ने योजना बनाएको अध्यक्ष चन्दले बताए । 

प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दको अध्यक्षतामा भएको बार्षिक साधारण सभाको उद्दघाटन सत्रमा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी प्रमुख अतिथी रहेका थिए । साधारण सभामा कोषाध्यक्ष हरिश रावलले चार लाख बराबरको आयव्यय विवरण प्रस्तुत गरेका थिए । यस्तै चालु आर्थिक बर्षका लागि ५० लाखको अनुमानित बजेट पारित गरेको छ ।

प्रतिक्रिया